इलामको सन्दकपुर ५ जमुनामा जारी कागे मेला २०८१ को छैटौ दिन शनिबार खुल्ला पुरूष तर्फ प्रि क्वाटर फाइनलका अन्तिम दुई खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा देउराली स्पोटिङ क्लबले हाङगेथाम एफसीलाई २-० ले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा नालिफुङवा एफसीलाई शुन्यका विरूद्ध तीन गोलले पराजित गर्दै शनिस्चरे फुटबल क्लब झापा प्रतियोगिताको क्वाटर फाइनल पुगेको हो ।
मेलाको अवसरमा आयोजित भेट्रान्स फुटबल प्रतियोगिताको शनिबार सम्पन्न दोस्रो क्वाटर फाइनलमा बन्दुके भेट्रान्स माबुलाइ दुइ शुन्यले पराजित गर्दै बौद रानिटार पॉचथर भेट्रान्स सेमिफाइनलमा पुगेको छ ।
आइतबार खुल्ला पुरूष फुटबल तर्फका क्वाटर फाइनलका दुइ खेल र भेट्रान्स तर्फ सेमीफाइनल हुने जमुना फुटबल क्लबका अध्यक्ष जीवन गुरूङले जानकारी दिनुभयो ।
बिस टिम सहभागि रहेको खुल्ला पुरूष फुटबल तर्फको विजेताले एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले पचहत्तर हजार सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै एघार टीम सहभागि भेट्रान्स तर्फको विजेताले बीस हजार सहित ट्रफि र उपविजेताले दश हजार सहित ट्रफि प्राप्त गर्ने अध्यक्ष गरुङले जानकारी दिनुभयो ।