काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलतर्फ यस वर्ष पनि लगातार गत संस्करणका दुई फाइनलिस्ट साविक विजेता बंगलादेश र आयोजक नेपाल भिड्ने पक्का भएको छ ।
आइतबार दशरथ रंगशालामा भएका दुई सेमिफाइनलतर्फ बंगलादेशले भुटानलाई र नेपालले भारतलाई हराएसँगै बंगलादेश र नेपालको फाइनल भिडन्त पक्का भएको हो ।
फाइनल खेल बुधबार हुँदैछ । यद्यपि फाइनल खेलका सबै टिकटहरु भने त्यसअघि ने बिक्री हुन सक्ने सम्भावना देखिएको छ । ऐतिहासिक फाइनल जित्ने र गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने अवसर नेपाललाई रहेकाले त्यो अवसरलाई प्रत्यक्ष नियाल्न घरेलु समर्थकहरु रंगशालामा ओइरिने निश्चित छ ।
दर्शकहरको सुविधाका लागि एन्फाले टिकट डिजिटल वालेट खल्ती एपमार्फत खरिद गर्न सकिने बताईसकेको छ । सहजताका लागि पनि दर्शकहरुले घरै बसी खल्ती एपबाट सोझै टिकट खरिद गर्न सक्नेछन् । फाइनल खेलको टिकट मुल्य सामान्यतर्फ ५०० र विशिष्ठतर्फ १००० तोकिएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान