काठमाडौ । बुधबार हुन गईरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरिएको छ ।
एन्फाले सोमबार प्रेस विज्ञप्ती जारी अर्को सूचना जारी नगर्दासम्मका लागि बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।
यसअघि एन्फाले माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि. सँग टिकटिङ पार्ट्नरका रुपमा सम्झौता गरेको थियो । साथै दर्शकहरुले खल्ती एपमार्फत पनि टिकट खरिव गर्दै आएका थिए ।
यधपी आइतबार भएको नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले टिकट बिक्री अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै यसबारे एन्फाले सत्यतथ्य छानबिन गर्ने समेत बताएको छ ।
साथै एन्फाको सुचना विपरीत कसैले टिकट खरिद बिक्री गरे र त्यसबाट कुनै समस्या आईपरे एन्फा जिम्मेवार नहुने पनि स्पष्ट पारेको छ ।
माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि.का सिईओ थम्मन भुसालका अनुसार एन्फा बाट कुनै अधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान