News प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय बिजयी
गोपाल काफ्ले

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ ।

खेलको १५ औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । १–० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२ औँ मिनेटमा थप गोल गर्दै २–० ले देविगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अंक जोड्यो । दोस्रो गोल नवोदयका १० नं. खेलाडी घनश्याम चौहानले गरेका थिए ।

खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेलि सकेका खेलाडीहरु भएता पनि कुनै चमत्कार गर्न नसक्दा हार व्यहोरे ।



प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफ दी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए ।

लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बढाबढबाट खेल आयोजना गरिएको हो ।

आइतबारको खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Post Comments