News
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख
काठमाडौं । साफ महिला च्याम्पियनसितर्फ उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगे तापनि बुधबार फाइनलमा बंगलादेशससँग २–१ ले पराजित हुन पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगद २५ लाख हस्तान्तरण गरेको हो ।
महानगरका मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोलले बुधबारको फाइनल खेल लगतै टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बालाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
महानगरले उक्त रकम महिला टोलीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराएको हो । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अमिषा नगदसहित सम्मानित
- राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने
- पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त
- एनआरएनए मलेसियाद्वारा सिस्नेरी पहिरोका बाल खेलाडीहरुको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
- दशैं लगतै व्यस्त राष्ट्रिय महिला र युथ टोली