News
बंगलादेशकी रितु सर्वोत्कृष्ट खेलाडी, भुटानलाई फेयर प्ले अवार्ड
काठमाडौं । बुधबार सम्पन्न साफ महिला च्याम्पियनसिपतर्फ बंगलादेशलाई लगातार दोस्रोपटक उपाधि जित निर्णायक भूमिका खेलेकी रितु चक्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।
उनले त्यसवापत गोल्डेन बल समेत हात पारेकी छिन् । स्मरण रहोस, साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई २–१ ले हराउँदा बंगलादेशका लागि रितुले दोस्रो तथा निर्णायक गोल समेत गरेकी थिईन् ।
त्यस्तै बंगलादेश कै रुपना चक्माले उत्कृष्ट गोलरक्षकको पुरस्कार हात पारिन् । प्रतियोगिताभरि कुल ८ गोल गरेकी भुटानकी डेकि ल्हाजोमले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा फेयर प्ले अवार्ड पनि भुटानले नै प्राप्त गर्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल