News
प्रथम निराजन फुटसल कप मंसिर तेस्रो साता
धरान । निराजन स्र्पोटिङ क्लब, सुनसरीको आयोजनामा मंसिर २१ र २२ गतेका दिन प्रथम निराजन फुटसल कप हुने भएको छ ।
धरान–१५ स्थित बिग फुटल फुटसल कोर्टमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा एक टोलीले दुई ए डिभिजन खेलाडीहरुलाई पनि सामेल गर्न पाईने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments