News
अफगानिस्तानमाथि नेपालको सनसनी
काठमाडौं । फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न ताजिकिस्तान पुगेको नेपालले आफ्नो दोस्रो मैत्रीपूर्ण खेलमा सनसनीपूर्ण जित हात पारेको छ ।
ताजिकिस्तानको राजधानी दुशान्बेमा शनिबार भएको खेलमा १७६औं वरियताको नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी १५१औं वरियताको अफगानिस्तानमाथि २–० को जित निकालेको हो ।
सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा नेपालले दुई गोल गरेका थियो । खेलको ४६औं मिनटमा जिलेस्पी जंग कार्कीले पहिलो गर्दा ७८औं मिनटमा रोहित चन्दले दोस्रो गोल गर्दै नेपालको जित पक्का गरेका थिए ।
यो जितसँगै अफगानिस्तानमाथि नेपालले सन् २०१३ मा सम्पन्न भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिन समेत सफल भएको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा सुधार
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)