News
तेस्रो कार्तिकेय कुमार गोल्डकपः बिराटनगर सिटी सेमिफाइनलमा

कर्जन्हा । उत्कृष्ट जित निकाल्दै बिराटनगर सिटी फुटबल क्लब, मोरङ यहाँ जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलतर्फ बिराटनगरले बन्दीपुर युथ क्लब, सिराहालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
बिराटनगरको जितमा ग्लोरी जोनास, एलेक्स विलियम्स र निमास फुयोलले गोल गरे । खेलमा बिराटनगर कै ग्लोरी जोनास म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंसिर २ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल झापा फुटबल क्लब, झापा र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments