
हेटौडा । नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको नागस्वती भेट्रान्स कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही मंसिर ४ गतेदेखि शुरु हुने भएको छ ।
प्रतियोगिताको तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । साथै खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर ४ गते मंगलबारका दिन आयोजक नागस्वती भेट्रान्स, हेटौडा र नव जनजागृति भेट्रान्स, सिमराबीच हुने खेलतालिकामा उल्लेख छ । कुल १५ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ८ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार हात पार्नेछ भने अन्य विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा