News तेस्रो कार्तिकेय कुमार गोल्डकपः बिराटनगर फाइनलमा
गोलनेपाल

कर्जन्हा । प्रभावशाली जितका साथ बिराटनगर सिटी फुटबल क्लब, मोरङ यहाँ जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलतर्फ बिराटनगरले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । बिराटनगरको जितमा ग्लोरी जोनासले दुई गोल गरे भने थप एक गोल बिनु मगरले गरे ।

खेलमा दुई गोल गरेका बिराटनगरका ग्लोरी म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर ४ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल झापा फुटबल क्लब, झापा र बिरगंज युनाइटेड क्लब, बिरगंजबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments