News महेन्द्रनगर नकआउट फूटबल प्रतियोगितामा पिलुवाको विजयी सुरुवात
गोलनेपाल

सिमरा । पिलुवा युवा क्लबले महेन्द्रनगर नकआउट फूटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ महेन्द्रनगरमा बुधवार भएको उद्घाटन खेलमा पिलुवाले मौवादेवी युवा क्लब बडहर्वालाई ४–१ ले पराजित गरेको हो ।

जितसंगै पिलुवा प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार रामनगर क्लब र गैरीगाउँ क्लबबीच खेल हुनेछ ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै खरेलले वडाभित्र खेलकुद गतिविधिलाई तिव्रताका साथ अघि बढाईने बताए । खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाईरहेको चर्चा गर्दै खरेलले दक्ष खेलाडी उत्पादनका लागि वडाले खेलकुद गतिविधिका योजना ल्याईरहेको बताएका छन् ।

Post Comments