News
दमक ४ लाई ध्रुवतारा कपको उपाधि
दमक । संघर्षपुर्ण जित निकाल्दै यहाँ सम्पन्न ध्रुवतारा कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक ४ ले जितेको छ । फाइनलमा दमक ४ ले घरेलु टोली दमक ३ लाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने दमक ४ सँग घरेलु टोली दमक ३ निराश बन्न पुग्यो ।
ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बने दमक ४ ले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता दमक ३ ले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments