News
विभागीय भिडन्त बराबरीमा सकियो, संकटासँग मच्छिन्द्र पराजित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेल्दा संकटा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी र एपिएफले २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्दै अंक बाँडेका हुन् । यो नतिजापछि ११ खेलबाट १७ अंकका साथ एपिएफ आठौं स्थानमा छ भने आर्मी ९ अंकका साथ दशौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको खेलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई ४–२ ले हरायो । यो जितपछि ११ खेलबाट १८ अंक जोडेको संकटा लिगतालिकाको पाँचौं स्थानमा रहँदा समान अंकका साथ मच्छिन्द्र छैठौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि