मिक्वाखोला । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका ४ सॉवामा सन्चालन भइरहेको अध्यक्ष कप तथा फुङफुङगे महोत्सवमा खुल्ला वडा स्तरीय पुरूष तर्फको सेमीफाइनल समिकरण पूरा भएको छ।
पहिलो सेमिफाइनलमा मेरिङदेन ६ नाल्बु र मानाभरा युवा क्लब मिक्वाखोला भिड्नेछन । त्यसैगरी दोस्रो सेमिफाइनलमा मेरिङदेन ५ थुकिमा र फक्ताङलुङ ३ लिङखिम बिचको प्रतिस्पर्धा रहनेछ ।
दुबै सेमिफाइनल खेलहरू मंसिर ११ गते मंगलबार हुनेछन । फुङफुङगे झरना पर्यटन प्रवद्धन गर्ने उद्धेस्यले मंसिर ७ गते देखि आयोजना गरिएको महोत्सव सन्चालन भइरहेको छ ।
महोत्सवको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल तर्फ सोह्र टिम र महिला फुटबल तर्फ आठ टिमको सहभागिता रहेको थियो।
खुल्ला पुरूष तर्फको विजेताले एक लाख एघार हजार एक सय एघार र उपविजेताले एकसठ्ठी हजार एक सय एघार र महिला तर्फ विजेताले पच्पन्न हजार एक सय एघार र उपविजेताले एकतिस हजार एक सय एघार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विजय सॉवाले जानकारी दिए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई