News प्रथम देवचुली गोल्डकप : अभिषेक चर्च क्वाटरफाइनलमा
गोलनेपाल

देवचुली । यहाँ जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर विजयी भएको छ । खेलमा अभिषेक चर्च रजहरका विरुद्ध नवलपुर ११ बिच सोमबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।

अभिषेक चर्चले नवलपुर ११ लाई ५–३ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अभिषेक चर्च रजहरका हेनरीले २ गोल, सुजित बुढाथोकी, आशिष सुनार र अभिषेक महतोले १–१ गोल गरेका थिए भने नवलपुर ११ का रोशन क्षेत्री २ गोल र बिक्की चामलिङ राइले १ गोल गरेका थिए ।

प्रतियोगितामा मंगलबार साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहा बिच खेल हुने आयोजकले जनाएको छ ।

Post Comments