News प्रथम देवचुली गोल्डकप: गैंडाकोट क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

देवचुली । गैंडाकोट फुटबल क्लब यहाँ जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गैंडाकोटले देवचुली दलित युवा समाजलाई शून्यका विरुद्ध २ गोलले हराउँदै कवाटरफाइनल स्थान पक्का गरेको हो ।

खेलमा गैंडाकोटका लागि अजित लामा र रन्जन पुनले गोल गरे । खेलमा म्यान अफ दि म्याच भने गैंडाकोट कै रोशन राना मगर घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १३ गते बिहीबार योङ ब्वाईज र रामपुर रड्स बीच खेल हुने आयोजकले जानकारी दियो ।

शान्तिदीप युवा क्लब, देवचुली–१०, पृथ्वीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments