News
एभरेष्टलाई प्रथम मैनारानी गोल्डकपको उपाधि
बेलका । रोमाञ्चक जितका साथ यहाँ सम्पन्न प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेष्ट फुटबल क्लब, सुनसरीले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा एभरेष्टले गाईघाट फुटबल क्लब, उदयपुरलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । एभरेष्टका लागि बिशाल मगराती र संजय श्रेष्ठले गोल गरे । पराजित गाईघाटका लागि भने पबिन राईले गोल गरेका थिए ।
विजेता बनेको एभरेष्टले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता गाईघाटले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
पञ्चकन्या फुटबल क्लब, बेलका–८, कोठु, उदयपुरको आयोजनामा गत मंसिर ७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments