इलाम । आउँदै गरेको उधौली पर्व (चासोक तङनाम) को अवसर पारी हेलिबोध फुटबल क्लब, इलाम–५, बारबोटे, इलामको आयोजनामा पौष १९ देखि २६ गतेसम्म हेलिबोध कप पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
इलाम नगरपालिका–५, बरबोटे स्थित बिब्लाटे बजारको खेलमैदानमा हुने प्रतियोगिताको पौष १६ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क पुरुषतर्फ ४००० र महिलातर्फ २५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । त्यसबाहेक पौष २७ गतेका दिन विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जानकारी दियो ।