News पुलिसलाई संकटाको धक्का, एपिएफसँग सातदोबाटो पराजित
गोलनेपाल

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले स्तब्धपुर्ण हार बेहोर्दा अर्को विभागीय टोली एपिएफ फुटबल क्लबले जित हात पारेको छ ।

बिहीबार पुलिसले संकटासँग २–० को हार बेहोर्यो । यो हारसँगै पुलिसले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । १३ खेलबाट २६ अंक जोडेको पुलिस दोस्रो स्थानमा रहँदा जितपछि २४ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लेको छ । उता २८ अंकका साथ एनआरटी शिर्ष स्थानमा छ ।

अर्को खेलमा एपिएफले सातदोबाटो युथ क्लबमाथि १–० कै जित निकाल्यो । यो जितपछि १३ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै संघर्षरत छ ।

 

Post Comments