News
पुलिसलाई संकटाको धक्का, एपिएफसँग सातदोबाटो पराजित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले स्तब्धपुर्ण हार बेहोर्दा अर्को विभागीय टोली एपिएफ फुटबल क्लबले जित हात पारेको छ ।
बिहीबार पुलिसले संकटासँग २–० को हार बेहोर्यो । यो हारसँगै पुलिसले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । १३ खेलबाट २६ अंक जोडेको पुलिस दोस्रो स्थानमा रहँदा जितपछि २४ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लेको छ । उता २८ अंकका साथ एनआरटी शिर्ष स्थानमा छ ।
अर्को खेलमा एपिएफले सातदोबाटो युथ क्लबमाथि १–० कै जित निकाल्यो । यो जितपछि १३ खेलबाट २२ अंक जोडेको एपिएफ लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित सातदोबाटो भने ४ अंकका साथ पुछार मै संघर्षरत छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा