सुपौली । पाहुना टोली कपिलवस्तु–११, कपिलवस्तु जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिलकुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ कपिलवस्तुले गत संस्करणको उपविजेता झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि मनिष पुनले दुई गोल गरे भने थप एक गोल मन्जित थारुले गरे । उता पराजित झरनाका लागि प्रसन्न श्रेष्ठले एक मात्र गोल गरेका थिए ।
खेलमा कपिलवस्तुका लागि दुई गोल गरेका मनिष पुन म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल जनज्योति क्लब, डिंगरनगर र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।