फुङलिङ । गोधुली फुटबल क्लब, धरान यहाँ जारी दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ गोधुलीले पाहुना टोली कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतलाई २–० ले हराउँदै सेमिफाइनलप्रवेश गर्ने तेस्रो टोली बनेको हो ।
भानु माविको खेलमैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङ र मिलन राईले गोल गरे । खेलमा गोधुली कै गोलकर्ता दोर्जे तामाङ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंसिर १८ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल न्यु स्टार क्लब, बिर्तामोड, झापा र फिदिम स्र्पोटिङ क्लब, फिदिम, पाँचथरबीच हुने आयोजकले जानकारी दियो ।
चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई