News
मनाङ र पुलिसको जित
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि ५–० को सहज जित निकाल्यो । यो जितपछि १४ खेलबाट २५ अंक जोडेको मनाङ लिगतालिकाको पाँचौं स्थानमा छ । पराजित जावलाखेल भने १९ अंकका साथ आठौं स्थानमा छ ।
अर्को खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । यो जितपति १४ खेलबाट २९ अंक जोडेको पुलिस शिर्षता कै होडमा कायम छ । पराजित आर्मी भने ९ अंकका साथ लिगतालिकाको दशौं स्थान मै संघर्षरत छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने