News बी डिभिजन लिग क्लबहरुले बक्यौता रकम पाए
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिग हुने मिति नजिकिदै गर्दा गत सिजन सहभागि लिगका क्लबहरुले पाउनुपर्ने बक्यौता रकम प्राप्त गरेका छन् । एन्फाले बिहीबार १४ क्लबहरुलाई १२ लाख ५० हजार दिनुपर्नेमा बाँकी रहेको ६ लाख ५० रुपैयाँ उपलब्ध गराएको हो ।

त्यस्तै थप ६ क्लबहरु झापा एफसी, प्लानिङ ब्वाईज युनाइटेड, श्री भगवती क्लब, बिरगंज युनाइटेड, बाँसबारी क्लब र श्री कुमारी क्लबले नयाँ सिजनका लागि तयारी खर्चको ६० प्रतिशत वापतको रकम ८ लाख ७० हजार पनि अग्रिम प्राप्त गरेका छन् । एन्फाका अनुसार यसपटक लिगमा सहभागि हुने क्लबहरुलाई जनही १४ लाख ५० हजार तयारी खर्च दिईने बताइएको छ ।

स्मरण रहोस, एन्फा र बी डिभिजन क्लबका प्रतिनिधीहरु बीच गत महिना बसेको बैठकले माघ १३ गतेदेखि लिग शुरु गर्ने निर्णय गरेको थियो । त्यसका लागि एन्फा र क्लबहरुबीच विभिन्न बुँदाहरुमा सहमति पनि बनेको थियो । साथै एन्फाले सम्बन्धित क्लबहरुलाई यही मंसिर २१ गतेसम्म टिमदर्ता गर्न समेत जानकारी गराईसकेको छ ।

 

Post Comments