News एनआरटी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इलाम । प्रतियोगिताको साविक विजेता समेत रहेको न्युरोडटिम –एनआरटी) जारी एनआरएनए दोस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एनआरटीले पाहुना टोली जि.टि.ए. ११, दार्जिलिङ, भारतलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

एनआरटीको जितमा नेमार र मार्टिनले गोल गरे । पराजित जि.टि.ए. ११ का लागि भने भाईचुङ राईले एक मात्र गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच भने एनआरटीका जय गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर २४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments