काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र चिनीयाँ दुतावासका पदाधिकारीबीच एक औपचारिक कार्यक्रममा भेटघाट शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।
सातदोबाटो स्थित एन्फा मुख्यालयमा भएको भेटघाट कार्यक्रममा चिनीयाँ दुतावासका पदाधिकारी वाङ दोङ र एन्फाका महासचिव किरन राईबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटवार्तामा आउँदै गरेको चिनीयाँ नयाँ वर्षको अवसर पारी दुई देशबीचको सम्भावित फुटबल म्याचबारे छलफल भएको समेत एन्फाले जनाएको छ । सोही भेटघाटको अवसरमा एन्फा महासचिव राईले चिनीयाँ अतिथी वाङलाई नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी पनि हस्तानतरण गरेका थिए ।
सो अवसरमा एन्फाका सिइओ इन्द्रमान तुलाधरको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, चिनीयाँ नयाँ वर्ष कै अवसर पारी गत वर्षको माघमा नेपालको यु–२३ फुटबल टोली र चीनको किंग्घाई फुटबल क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो खेलमा नेपाली टोली ५–१ ले विजयी समेत बनेको थियो ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान