News सिरिजङगा गोल्डकप: उपाधिका लागि मरिक र ब्रदरहुड भिड्ने
गोलनेपाल

तेल्लोक । ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा जारी चौथो सिरिजङगा गोल्डकपको उपाधिका लागि मरिक एफसी सुनसरी र ब्रदरहुड एफसी बेलका उदयपुर भिड्ने भएका छन ।

तेल्लोक मा.वि.को खेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइमलमा वाइ वाइ पॉचथर फुटबल क्लबलाई एकका विरूद्ध तीन गोलले पराजित गर्दै ब्रदरहुड एफसी उदयपुरले फाइनलमा मरिक एफसीसँगको भेट पक्का गरेको हो । 

ब्रदरहुड एफसीको जितका लागि निशान लिम्बु,अमोन लामा र युवराज थापाले एक/एक गोल गरे । पॉचथरका लागि राजेश थापाले सानत्वना गोल गरे । खेलको म्यान अफ दि म्याच ब्रदरहुड एफसीका युवराज थापा घोषित भए । थापाले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।

ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२०औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको फाइनल खेल शनिबार हुनेछ ।

 

 

Post Comments