News युथ लिगः १७औं चरणको समाप्तीसम्म पुलिसको शिर्षता
गोलनेपाल

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियागिता अन्तर्गत शुक्रबार १७औं चरणको खेल समाप्ती हुँदासम्म विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शिर्षतालाई कायम राखेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा पुलिसले एफसी खुमलटारमाथि ३–१ को जित निकाल्यो । यो जितपछि १७ खेलबाट ३६ अंक जोडेको पुलिस शिर्ष स्थानमा यथावत छ । पराजित खुमलटार भने ११ अंकका साथ ११औं स्थानमा छ ।

शुक्रबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट १६ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको नवौं स्थानमा छ भने सातदोबाटो १० अंकका साथ पुछार मै संघर्षरत छ ।

Post Comments