News पाँचौ माउण्ट स्टार कप शुरु, आयोजकको बिजयी शुरुवात
गोलनेपाल

माउण्ट स्टार युथ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सोमबारदेखि शुरु पाँचौं माउण्ट स्टार कपमा आयोजक क्लबले बिजयी शुरुवात गरेको छ ।

बुटवल स्थित श्री नहरपुर माविको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक माउण्ट स्टारले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई २–० ले हराउँदै बिजयी शुरुवात गरेको हो ।

आयोजकको जितमा अमृत गुरुङ र बिर बहादुर थारुले गोल गरे ।

माउण्ट स्टारका बिर बहादुर थारु खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक ६ गते मंगलबारको खेल सुनौलो संगम युवा क्लब, बुटवल र कपिलवस्तु–११ बीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही, काठमाडौं, हेटौडा, चितवन र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुनेछ ।

Post Comments