News दमक नगरपालिका सेमिफाइनलमा
गोलनेपाल

गौरादह । प्रभावशाली जितका साथ दमक नगरपालिका यहाँ जारी प्रथम लोकतान्त्रिक कप झापा जिल्ला अन्तर पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गौरादह–१ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा दमकले कन्काई नगरपालिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । खेलमा दमकका आयुष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ नगर समिति, गौरादह, झापाको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्लाका कुल ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।

Post Comments