News
दमक नगरपालिका सेमिफाइनलमा
गौरादह । प्रभावशाली जितका साथ दमक नगरपालिका यहाँ जारी प्रथम लोकतान्त्रिक कप झापा जिल्ला अन्तर पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गौरादह–१ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा दमकले कन्काई नगरपालिकालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । खेलमा दमकका आयुष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ नगर समिति, गौरादह, झापाको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्लाका कुल ११ पालिकाका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा