News पथरी प्रिमियर लिगमा रियल ब्रदर्श र देविगंज भिड्दै
गोलनेपाल

पथरी । मोरङको पथरीमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ आज समूह बी अन्तरगत देविगंज एफसी र द रियल ब्रदर्श एफसी भिड्दै छन् ।

पथरी रंगशालामा आज दिनको २ः३० बजेदेखि शुरु हुने खेल लिगको दोस्रो चरणको अन्तिम खेल समेत हो । समूह बी तर्फ द रियल ब्रदर्शको एक अंक छ भने देविगंज अंकविहीन रुपमा छ ।

रियल ब्रदर्शले आफ्नो पहिलो खेलमा वाई.जि.एफ.टी.सँग बराबरी खेलेको थियो भने देविगंजले टेन नवोदयसँग हार बेहोरेको थियो । आज हुने खेल रि ब्रदर्श र देविगंज दुवैका लागि अहम हुनेछ ।

मोफसलमै पहिलोपटक स्थानीय स्तरमा अक्सनमार्फत खेलाडी खरिद गरि जारी लिगमा पथरी शनिश्चरे नगरपालिका भित्रका आठ टोलीहरुले सहभागिता जनाइरहेका छन् । सहभागि आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

आउँदो पौष ११ गतेसम्म चल्ने लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

 

Post Comments