News भुटानका महिला फुटबल खेलाडीले पनि समान पारिश्रमिक पाउने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र भुटानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुले पनि पुरुष फुटबल खेलाडी सरह नै समान पारिश्रमिक पाउने भएका छन् ।

भुटान फुटबल फेडरेशनका अनुसार महिला खेलाडीहरुको पारिश्रमिक भुटानी राजाको आदेशमा २० हजार नुल्ट्रम बृद्धि गरिएको हो । यसअघि भुटान एफएले महिला खेलाडीहरुलाई १० हजार नुल्ट्रम दिंदै आएको थियो ।

राजाबाट भएको यो पारिश्रमिक बृद्धिसँगै महिला फुटबल खेलाडीहरुले अब मासिजक ३० हजार नुल्ट्रम (४८ हजार रुपैयाँ) पारिश्रमिक पाउने छन् । यद्यपि महिला खेलाडीहरुले बृद्धि भएको पारिश्रमिक आगामी बर्ष अर्थात् २०२१ को जनवरीबाट मात्र प्राप्त गर्ने छन् ।

स्मरणीय छ, पुरुष फुटबल खेलाडीहरुको पनि यसै बर्षदेखि पारिश्रमिक गरि ३० हजार नुल्ट्रम पुर्याइएको थियो । भुटान फुटबल एफएका अनुसार राष्ट्रिय पुरुष टोलीमा हाल ३० खेलाडीहरु आवद्ध रहेका छन् । 

December 17, 2020 Press Release His Majesty The King has granted as Royal Soelra, a monthly Salary of Nu. 20,000 to the...

Posted by Bhutan Football Federation on Wednesday, December 16, 2020

">

December 17, 2020 Press Release His Majesty The King has granted as Royal Soelra, a monthly Salary of Nu. 20,000 to the...

Posted by Bhutan Football Federation on Wednesday, December 16, 2020

महिला खेलाडीहरुलाई फुटबल मै लाग्न प्रोत्साहित गर्ने विश्वास

भुटान फुटबल फेडरेशनका अध्यक्ष उगेन तेक्षुप दोर्जीका अनुसार महिला फुटबल खेलाडीहरुको पारिश्रमिक पनि समान रुपमा बृद्धि भएपछि यसले महिला फुटबल खेलाडीहरुलाई फुटबल मै लाग्न थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

साथै यो निर्णयले भुटानमा रहेका अन्य महिला फुटबल खेलाडीहरुलाई पनि फुटबलमा लाग्न थप अभिप्रेरित गर्ने अध्यक्ष दोर्जीले आशा व्यक्त गरे । उनका अनुसार भुटानका राजाले फुटबलमा लागेका महिला खेलाडीहरुको फुटबलसँगै आर्थिकस्तरमा पनि बृद्धि होस भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप पारिश्रमिक बृद्धि गरिएको बताइएको छ ।

भुटान फुटबल फेडरेशनका अनुसार राष्ट्रिय महिला फुटबल टोलीमा हाल ३० सदस्यहरु रहेको बताएको छ । साथै उनीहरु सबैले अब पुरुष खेलाडी सरह नै समान ३० हजार नुल्ट्रम पारिश्रमिक पाउने छन् ।

नेपालमा पनि समान पारिश्रमिक लागु

स्मरणीय छ, गत साता मात्र नेपालमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीहरुको पारिश्रमिक समान रुपमा बृद्धि गरेको थियो ।

एन्फाले गत साता बसेको आफ्नो कार्य समितिको बैठकमा पुरुष खेलाडीहरुको पारिश्रमिक तीन हजार र महिला खेलाडीहरुको पारिश्रमिक ११ हजारले बृद्धि गर्दै समान पारिश्रमिक दिने निर्णय गरेको थियो ।

यो निर्णयसँगै राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीहरुले अब मासिक रुपमा समान १८–१८ हजारका दरले पारिश्रमिक पाउने छन् ।

 

Post Comments