पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा बिराटनगर सिटि फुटबल क्लबलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै चिरच ब्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा बुधबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा चर्च व्वाइजको जितका लागि समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे भने फोफोनाले एक गोल गरे । बिराटनगर सिटि एफसीका लागि सुमन चौलागाईले सान्त्वना गोल गरे ।
अब चर्च ब्वाईजले पुस १२ गते पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबसंग खेल्नेछ । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
फाल्गुनन्द गोल्डकपको छैटौ दिन पुस ११ गते बिहीबार अन्तिम क्वाटर फाइनलमा न्यू रोड टीम एन आर टी र सहलेस युवा क्लब भिड्नेछन ।
पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात