पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा सलहेश युथ क्लबलाई पेनाल्टि सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै न्यू रोड टिम एन आर टि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसके पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । प्रतिस्पर्धातमक खेल पछिको पेनाल्टि सुटआउटमा एन आर टि का गोल रक्षक प्रमिजय गच्छादारले सलहेशको पॉचौ पेनाल्टि सेभ गरेका थिए । ए डिभिजन टोली एन आर टि ले अब शनिबार अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ ।
खेलको प्लेयर अफ दि म्याच एन आर टि का अभिशेक लिम्बु घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
फाल्गुनन्द गोल्डकपको छैटौ दिन पुस १२ गते शुक्रबार पहिलो सेमिफाइनलमा फाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले लिग विजेता टोली चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ ।
दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात