News
यु–१६ लिगः चर्च ब्वाईज र मच्छिन्द्रको विजयी शुरुवात
काठमाडौं । शुक्रबारदेखि शुरु भएको यु–१६ एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिन चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबले जित दर्ता गर्दै विजयी शुरुवात गरेका छन् ।
एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा चर्च ब्वाईजले संकटा फुटबल क्लबलाई २–१ ले हरायो । खेलमा शुरुवाती अग्रता भने १५औं मिनटमा पेम्बा तामाङको गोलबाट संकटाले लिएको थियो ।
यद्यपि खेलको ३०औं मिनटमा सनिल मगरले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काए भने अन्तिमतिर ८४औं मिनटमा सुगम रानाले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित र टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
अर्को खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ५–० को एकतर्फी जित निकाल्दै विजयी शुरुवात गर्यो । एन्फाका अनुसार अब लिगका बाँकी खेलहरु पुष २१ गतेबाट सुचारु हुने छन् ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने