
पॉचथरको सदरमुकाम फिदिममा सम्पन्न ११ औँ फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमान्डौले जितेको छ ।
सोमबार फिदिम स्थित फिदिम मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टि सुट आउटमा ५-४ गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । उपाधि संगै चर्च ब्वाइजले १० लाख ५ सय ५५ र उपविजेता मच्छिन्द्रले ५ लाख ५ सय ५५ प्राप्त गर्यो ।
निर्धारित समयमा दुइ दुइको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । दुइ एकको अवस्थामा रहेको मच्छिन्द्रले खेलको अन्तिम मिनेट सम्हालिन नसक्दा बराबरी गोल खाएको थियो ।
खेलको प्लेयर अफ दि म्म्याच मच्छिन्द्रका सनिस श्रेष्ठ घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित हुँदै इभी स्कुटर प्राप्त गरे । पुस ६ गते देखि सुरू भएको गोल्डकप पुस १५ गते सोमबार भब्य रूपमा सम्पन्न भयो । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।