News स्याङ्जाको वालिङमा इन्टर स्कुल यु–१४ युथ लिग हुने
सुरज राना मगर

वालिङ । वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङजाको आयोजनामा यही पुष २९ गतेदेखि इन्टर स्कुल यु–१४ युथ लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

वालिङ स्थित आयोजक क्लब कै वालिङ खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको समेत कार्यक्रम संयोजक केशर बहादुर थापा (राजन) ले जानकारी दिए ।

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय फुटबलमा आफूलाई खेलाडीका रुपमा समेत परिचित बनाईसकेका रुचालले स्याङ्जा जिल्लामा ग्रासरुट स्तरबाटै फुटबलको बलियो जग बसाल्न युथ लिग आयोजना गर्न लागेको बताए ।

दुई महिना लामो चल्ने युथ लिगमा सहभागिता जनाउने टोलीहरुमा भुपु सैनिक इङलिस बोर्डिङ सेकेण्डरी स्कुल वालिङ, बाल विद्या विकास उच्च मावि वालिङ, श्री भुम्रे मा. बि. भुम्रे, शाइन भिलेज इन्टरनेशनल एकेडेमी, नेपाल आदर्श क्याम्पस (सेकेण्डरी स्कुल) वालिङ, अर्मादि इङलिस बोर्डिङ स्कुल रामबाच्छा, सगरमाथा इङलिस बोर्डिङ स्कुल मिर्दी, श्री ज्ञानोदय इङलिस बोर्डिङ स्कुल राङखोला, श्री भानुभक्त आचार्य सेकेण्डरी स्कुल गल्याङ, पिस जोन इन्टिग्रिटेड एजुकेशनल एकेडेमी, इभरग्रीन इङलिस बोर्डिङ स्कुल स्याङजा, पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ, पुर्णअमृत भवानी मा. बि, भकुण्डे र दि एक्सीलेन्ट बोर्डिङ स्कुल कुमल्दी रहेका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २० हजार र १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै विधाततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments