News
बेल्जियममा प्रवासी नेपालीहरुबीच एनएफसी कप हुँदै

काठमाडौं । एनएफसी, डिउर्न, बेल्जियमको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच खेलकुदको माध्यमबाट भाईचारा, सद्भाव र आत्मियता कायम गर्ने उद्देश्यका साथ एनएफसी कप सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
आउँदो अप्रिल ७ तारीखका दिन बेल्जियमको डिउर्न स्थित पार्क ग्रुटमा हुने सेभेन ए साईड फुटबल प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५० युरो तोकिएको पनि खेल संयोजक कृष पुनले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको उमेर ३५ वर्ष माथि हुनुपर्ने पनि खेल संयोजक पुनले बताए । त्यसबाहेक प्रत्येक टिममा ४० वर्ष भन्दा माथिका दुई खेलाडी अनिवार्य हुनुपर्ने पनि पुनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित २५०० युरो हात पार्नेछ भने उपविजेताले १५०० युरो सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कै अर्का सदस्य राजन दनाईले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । साथै थप जानकारीका लागि सम्पर्क नम्बर +32 489 18 77 71 मा सम्पर्क गर्न सकिने पनि राजन दनाईले बताए ।
Post Comments