News महिला लिगमा बागमतीको पहिलो जित
गोलनेपाल

काठमाडौं । एन्फा महिला लिगतर्फ शुक्रबार मोफसलका दुई टोली भिड्दा बागमती युवा क्लब, सर्लाहीले लिगको आफ्नो पहिलो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले वालिङ नगरपालिका, स्याङ्जालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । बागमतीको जितमा अस्मिता खवास र बिष्णुमाया बलले गोल गरिन् ।

यो जितसँगै बागमतीले आफ्नो खातामा चार खेलबाट तीन अंक जोडेको छ । त्यस्तै पराजित वालिङ भने अझै अंकविहीन रुपमा संघर्षरत छ ।

Post Comments