News
शतप्रतिशत जितका साथ शिर्ष स्थानमा एपिएफ

काठमाडौं । उपाधिको बलियो दावेदार तथा साविक विजेता समेत रहेको एपिएफ फुटबल क्लबले महिला लिगतर्फ आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राख्दै शिर्ष स्थानमा पकड पनि बलियो बनाएको छ ।
शनिबार चौथो चरणको अन्तिम खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हरायो । एपिएफको जितमा अनिता बस्नेत, निशा थोकर र प्रिती राईले गोल गरीन् । पराजित आर्मीका लागि भने बिमला थापाले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितपछि ४ खेलबाट १२ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । त्यस्तै पराजित आर्मी भने समान खेलबाट ७ अंकका साथ दोस्रो स्थानमा छ । समान ७ अंक रहेको पुलिस तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको बागमती चौथो स्थानमा छ । अंकविहीन वालिङ भने पुछारमा छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त