News
आयोजक कुसुन्ती, थर्ड आई, जोरपाटी र बीबीसी सेमिफाइनलमा
ललितपुर । आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चावहिल भेट्रानलाई १–० गोलले पराजित गर्यो । विजयी टिमका लागि सविन श्रेष्ठले निर्णायक गोल गरे ।
थर्ड आई, जोरपाटी एफसी र बीबीसी भेट्रान पनि सेमिफाइनलमा पुगे । थर्ड आईले आईयुएफसीलाई १–० गोलले हरायो । शशि रिमालले निर्णायक गोल गरे ।
जोरपाटीले एफसी सिलिंक हेटौंडा भेट्रानलाई २–० गोलले पन्छायो । बीबीसीले बिजी फुटसललाई २–० गोलले पाखा लगायो । नवीन न्यौपाने र दीपक लामाले समान १–१ गोल गरे । सेमिफाइनल थर्ड आई र कुसुन्ती ‘बी’ तथा बीबीसी र जोरपाटीबीच हुनेछ ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै