News
फाइनलमा नक्सलबारी, उपाधिका लागि सतिसालेसँग भिड्दै

नक्सलबारी । घरेलु टोली नक्सलबारी फुटबल क्लब, मोरङ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
दोस्रो सेमिफाइनलतर्फ नक्सलबारीले डाँगीहाट फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नक्सलबारीको जितमा रोहन गुरुङ्गले दुई गोल गर्दा अमित यसराले थप एक गोल गरे ।
खेलमा नक्सलबारीका अमित यसरा म्यान अफ दि म्याच समेत चुनिए । नक्सलबारीले मंगलबार नै हुने फाइनलमा सतिसाले स्र्पोटिङ क्लब, मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments