News तेस्रो पिएफसि इमर्जिङ्ग कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

भरतपुर । शिक्षासँगै खेलकुदलाई जोड्दै नयाँ खेलाडीहरुको पहिचान गर्ने उद्धेश्यले आयोजना हुँदै आएको ‘पिएफसि इमर्जिङ्ग कप—२०८१’ को तयारी पुरा भएको छ।

पटिहानी फुटबल क्लबको आयोजनामा माघ ४ देखि १२ गते सम्म हुने प्रतियोगितामा चितवनका १६ विद्यालयहरुले सहभागिता जनाउदै छन् । खेल भरतपुर १४ को सुन्दरबस्ती खेलमैदानमा हुनेछ ।

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १० हजार नगद सहित ३० हजार रुपैया बराबरको खेलकुद सामाग्री पाउने छन् । यस्तै उप विजेताले १० हजार नगद सहित १५ हजार रुपैया बराबरको खेलकुद सामाग्रीसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

अनुसाशित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल शुज सहित प्रमाण पत्र सहित पुरस्कारको व्यवस्था गरिएको छ ।

यो प्रतियोगिताको लागि अघिल्लो बर्ष जस्तै भरतपुरमहानगरपालिकाका १४ र २२ नम्बर वार्ड कार्यलयले बजेट छुट्टाएको कुरा कार्यक्रम संयोजक सुमन सापकोटाले बताए ।

क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विगतका प्रतियोगिताले स्कुल देखिनै नयाँ खेलाडीहरुको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।

Post Comments