काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष पहलमा नेपाली यु–१७ राष्ट्रिय फुटबल टोलीका दुई महत्वपूर्ण युवा सदस्यद्वय सुबास बिक्रम ठकुरी र जोन बिष्टले फिलिपिन्समा विशेष अभ्यास र प्रशिक्षण लिने भएका छन् ।
फिलिपिन्समा व्यवसायीक फुटबलसँगै युवा फुटबल खेलाडीहरुको विकास र प्रवद्र्धनमा सक्रिय भई लागिपरेको ग्रेट ओक मनोर (गोम) फुटबलले सुबास र जोनलाई सो अवसर प्रदान गर्न लागेको हो ।
सुबास र जोनले फिलिपिन्समा तीन महिना (९०) लामो विशेष अभ्यास र प्रशिक्षण लिनेछन् । फिलिपिन्स बसाईका क्रममा लाग्ने र हुने सम्पूर्ण खर्च गोम फुटबलले बेहोर्नेछ । साथै दुवै खेलाडी सोमबार फिलिपिन्सतर्फ प्रस्थान समेत गरिसकेका छन् ।
स्मरण रहोस, सुबासले हालै सम्पन्न एन्फा यु–१८ लिगमा नेपाल पुलिस क्लबलाई आफ्नो कप्तानीमा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै सुबास प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा