News महिला लिगः पुलिससँग वालिङ पराजित
गोलनेपाल

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित हात पार्दै आफ्नो खातामा तीन अंक जोडेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङ नगरपालिकामाथि ४–१ को जित निकाल्यो । पुलिसको जितमा पुजा राना, अनु थापा र अनुष्का शेर्पाले गोल गरिन् । थप एक गोल भने वालिङकी धना बोहराले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् । त्यस्तै वालिङका लागि एक मात्र गोल यशोदा चिरालले गरेकी थिईन् ।

यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको पुलिस लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वालिङ भने अंकविहीन रुपमा पुछारतिरै संघर्षरत छ ।

Post Comments