News
नाईट क्लब फुटसल टुर्नामेण्ट (एनसीएफटी) हुँदै

xकाठमाडौं । धनयन्तरी रेष्टुरेण्ट एण्ड बार, स्वीमिङ पुल, ठमेल, काठमाडौंको आयोजनामा वार्षिक रुपमा हुँदै आएको पाँचौं नाईट क्लब फुटसल टुर्नामेण्ट माघ १२ देखि १९ गते (२५ जनवरीदेखि १ फेब्रुअरीसम्म) हुने भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भने फेब्रुअरी १० तारीख (माघ २८ गते) का दिन टर्टल लाउन्ज, ठमेलमा हुने पनि आयोजकले जनाएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9860130336 मा सम्पर्क गर्न सकिनेछ ।
Post Comments