काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. १ को समन्वय तथा रानीवन जनजागरण युवा क्लबको आयोजनामा काठमाडौंको नागार्जुन–७ गौतम चोकस्थित एम्पायर स्पोर्ट्स फुटसलमा सम्पन्न दुई दिने फाइभ ए साइड खुल्ला फुटसल प्रतियोगिताको उपाधि ब्रदरहुड एफसी ‘बी’ ले जितेको छ। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा ब्रदरहुड एफसी ‘बी’ र मेन्टेन एफसीबीच कडा भिडन्त देखिएको थियो।
खेलको पहिलो हाफमा ब्रदरहुडका निरव खड्काले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। दोस्रो हाफमा मेन्टेन एफसीका युगेष श्रेष्ठले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए। निर्धारित समयभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि विजेता टुंगो लाग्न सकेन।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ ब्रदरहुड एफसी ‘बी’ ले १–० को जित निकाल्दै उपाधि आफ्नो नाममा सुरक्षित गर्यो। दबाबपूर्ण अवस्थामा पनि उत्कृष्ट संयमता देखाउँदै ब्रदरहुडले च्याम्पियन बन्ने गौरव हासिल गर्यो।
व्यक्तिगततर्फ ब्रदरहुडकै अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने विजय श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा विभिन्न क्लबहरूको सहभागिता रहेको थियो, जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।
- मणिग्राम युनाइटेडलाई स्व. मञ्जिल गुरुङ स्मृति खुला फुटसल कपको उपाधि
- रुपन्देहीमा स्व. मञ्जिल गुरुङ स्मृति ल्याड बेसक्याम्प खुला फुटसल शुरु
- स्व. मञ्जिल गुरुङ स्मृति ल्याड बेसक्याम्प फुटसल कपको तयारी पूरा
- रुपन्देहीमा युथ बिलिभर्स कप फुटसल प्रतियोगिता शुरु
- गोकार्णेश्वर सोबर फुटसल फेस्टको उपाधि सोबर एफसीलाई