News झापालाई सिक्किममा अल इण्डिया चिफ मिनिस्टर गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । सिक्किमको नाम्चीमा सम्पन्न १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपालको झापा–११ फुटबल क्लबले जितेको छ ।

जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । झापाको जितमा सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरे ।

विजेता बनेको झापाले उपाधिसहित नगद २० लाख भारतीय रुपैयाँ हात पारेको छ भने उपविजेता चर्च ब्वाईजले १० लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा झापाले सुदेवा एफसी, दिल्लीलाई हराएको थियो भने चर्च ब्वाईजले इन्टरनेशनल फुटबल क्लब, पञ्जाबलाई हराएको थियो ।

Post Comments