News
महिला लिगमा वालिङको पहिलो र सान्त्वना जित

काठमाडौं । एन्फा महिला लिगतर्फ प्ले अफको होडबाट बाहिरिसकेको वालिङ नगरपालिकाले मंगलबार आफ्नो अन्तिम खेलमा जित हात पार्दै लिगको सुखद समापन गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले बागमती युवा क्लबमाथि ३–१ को जित निकाल्यो । वालिङका लागि सुष्मा तामाङले ह्याट्रिक गरीन् । पराजित बागमतीका लागि भने सारा लिम्बुले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितपछि ८ खेलबाट ३ अंक जोड्दै वालिङले लिगमा सुखद समापन गर्न सफल भयो । उता पराजयका बावजुद बागमतीको खातामा भने ४ अंक रहेको छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त