
काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) ले आफ्नो २४औं स्थापना दिवसको अवसर पारी एपिएफ क्लबसँगै देशका लागि खेल्ने र योगदान पुर्याएका विभिन्न खेल क्षेत्रका खेलाडी र प्रशिक्षकहरुको पदोन्नति गरेको छ ।
जसमा फुटबलमा एक प्रशिक्षक र तीन खेलाडी परेका छन् । पदोन्नती हुनेमा राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यहरु गीता राना, सरु लिम्बु र अनिता केसी रहेका छन् । उनीहरु सबै सहायक हवलदारमा बढुवा भएका हुने ।
त्यस्तै फुटबल कै महिला प्रशिक्षक भगवती थापा पनि वरिष्ठ सहायक हवलदारमा बढुवा भएकी छिन् । पदोन्नती भएका सबैलाई सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक विकास घिमिरेले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
स्मरण रहोस, एपिएफले फुटबलसँगै अन्य खेल क्षेत्रका खेलाडी, प्रशिक्षकहरु गरी कुल १४ जनालाई विशेष बढुवा गरेको हो । सोही अवसरमा अन्य खेलाडीहरुलाई पनि विशेष सम्मान र पुरस्कृत गरिएको थियो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)